कर्णाली प्रदेशसभा बैठक चैत ५ मा बस्ने

प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकामा आगामी चैत ५ मा प्रदेशसभा बस्न लागेको सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

फाल्गुन ३०, २०८२

तृप्ति शाही

Karnali Provincial Assembly meeting to be held on Chaitra 20

वीरेन्द्रनगर —  

कर्णाली प्रदेशसभा बैठक चैत ५ गते बस्ने भएको छ । यसअघि माघ २५ मा बसेको बैठक विपक्षी दलले अवरूद्ध गरेपछि स्थगित भएको थियो ।

चैत ५ गते बिहीबार दिउँसो ३ बजे बैठक बस्ने भन्दै प्रदेशसभाले शनिबार सूचना जारी गरेको हो ।

प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकामा सभाको अर्को बैठक चैत ५ मा बस्ने प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully