डोल्पाका ९ मध्ये  ६ उम्मेदवारकाे धरौटी जफत, ५ जनाले कटाएनन् सय मत

डोल्पामा प्रतिनिधिसभा निर्वाचनमा १५ हजार ५ सय ६ सदर मत गणना भएकामा तोकिएको न्यूनतम १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि विभिन्न दल तथा स्वतन्त्रत गरी ६ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख श्याम राईले बताए ।

फाल्गुन २७, २०८२

रामचन्द्र न्यौपाने

Deposits of 6 out of 9 candidates in Dolpa confiscated, 5 failed to secure 100 votes

डोल्पा —  हिमाली जिल्ला डोल्पाका ६ उम्मेदवारको धरौटी जफत भएको छ । पाँच जना उम्मेदवारले त सय मत पनि कटाएनन् ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ९ जनामध्ये  ६ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

डोल्पामा प्रतिनिधिसभा निर्वाचनमा १५ हजार ५ सय ६ सदर मत गणना भएकामा तोकिएको न्यूनतम १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि विभिन्न दल तथा स्वतन्त्रत गरी ६ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख श्याम राईले बताए ।

धरौटी जफत हुने उम्मेदवारमा स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसी, उज्यालो नेपाल पार्टीका दिलबहादुर विष्ट, मितेरी पार्टी नेपालकी जुनु भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद डाँगी, प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास बुढा र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडी छन्। उनीहरूले क्रमशः ५४, ११, २, ९२, २१ र १ सय ८१ मत प्राप्त गरेका थिए । 

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully