नेकपाले चुनाव जितेको सल्यानमा समानुपातिकतर्फ रास्वपा पहिलो

मुख्य निर्वाचन कार्यालय सल्यानले सार्वजनिक गरेको मत गणना अनुसार २५ हजार ६ सय ६६ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो ।

फाल्गुन २५, २०८२

विप्लव महर्जन

NCP wins election in Salyan, RSVP takes first place in proportional representation

सल्यान — प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष मत गनना गर्दा सल्यानमा दोस्रो भएको रास्वपा समानुपातिकमा पहिलो भएको छ ।

मुख्य निर्वाचन कार्यालय सल्यानले सार्वजनिक गरेको मत गणना अनुसार २५ हजार ६ सय ६६ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । 

प्रत्यक्षमा २० हजार ९ सय ४ मत ल्याएर रास्वपा दोस्रो भएको थियो । नेकपाका रमेश मल्लले २३ हजार १८९ मत ल्याएर चुनाव जितेका थिए।

मुख्य निर्वाचन अधिकृत प्रलादकुमार योगीका अनुसार समानुपातिकमा दोस्रो भएको नेकपाले २० हजार ३ सय ३९ मत ल्याएको छ । 

एमालेले १८ हजार ३२ , कांग्रेसले १६ हजार ६९ मत ल्याएको मुख्य निर्वाचन अधिकृत योगीले जानकारी गराए।

उनका अनुसार अन्य दलमा राप्रपाले १ हजार ४ सय ३०, नेपाल कम्युनिस्ट पार्टी माओवादीले ६ सय ९७,  श्रम संस्कृती पार्टीले ३ सय १२, नेपाल जनता हरित पार्टीले २ सय २२ , नेस्नल रिपब्लिकन पार्टीले २ सय , नागरिक पार्टीले १ सय ५६ ,जनता समाजवादी पार्टीले १ सय ४०, जनमत पार्टीले १ सय ४० मत ल्याएका छन्। 

सल्यानमा समानुपातिकमा कुल ८३ हजार ८ सय २५ मत खसेकोमा ३ हजार ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत योगीको भनाइछ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully