जुम्लामा समानुपातिकतर्फ नेकपा पहिलो, एमाले चौथो

नेकपाले १० हजार २ सय २ मत प्राप्त गरेको छ । दोस्रोमा रहेकाे कांग्रेसले ९ हजार ३ सय ६० र तेस्रोमा राप्रपाले ६ हजार ५ सय ५२ मत प्राप्त गरेको छ ।

फाल्गुन २५, २०८२

डीबी बुढा

NCP first, UML fourth in proportional representation in Jumla

जुम्ला — जुम्लामा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पहिलो र नेकपा एमाले चौथो दल बनेको छ । 

सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले नेकपाले १० हजार २ सय २ मत प्राप्त गरेको छ । दोस्रोमा रहेकाे कांग्रेसले ९ हजार ३ सय ६० र तेस्रोमा राप्रपाले ६ हजार ५ सय ५२ मत प्राप्त गरेको छ । 

नेकपा एमालेले ६ हजार ६० मत प्राप्त गरेको चौथो स्थान प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ ह १ सय १८ मत प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टीले १ हजार ४ सय २१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । 

११० मतदान केन्द्रमा मतदान भएको थियो । कुल ७१ हजार ७ सय ३९ मतदाता रहेकोमा ४० हजार ८ सय ७८ मत खसेको थियो । समानुपातिक तर्फको परिणाम हेर्दा जुम्लामा राप्रपा र रास्वपालाई राम्रो मत गएको देखिन्छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully