सल्यानमा नेकपाका रमेशकुमार मल्ल विजयी 

मुख्य निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकृत कमल आचार्यका अनुसार मल्लले २३ हजार १८९ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार ललितकुमार चन्दले २० हजार ९०४ मत ल्याएका थिए ।

फाल्गुन २४, २०८२

विप्लव महर्जन

NCP's Ramesh Kumar Malla wins in Salyan

काठमाडौँ — सल्यानमा नेकपा उम्मेदवार रमेशकुमार मल्ल विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार ललितकुमार चन्दलाई २ हजार २८३ मतान्तरले पछि पार्दै मल्ल विजयी भएका हुन् ।

मुख्य निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकृत कमल आचार्यका अनुसार मल्लले २३ हजार १८९ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार ललितकुमार चन्दले २० हजार ९०४ मत ल्याएका थिए ।

कांग्रेस उम्मेदवार केशबहादुर विष्टले १७ हजार ५५८ र एमालेका गुलाबजंग शाहले १५ हजार ३७३ मत ल्याएका थिए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully