रास्वपाका रमेशकुमार सापकोटाले ४ हजार ९८४ मत ल्याएर अग्रता लिएका छन् । अहिले उनलाई कांग्रेसका नारायणकुमार कोइरालाले पछ्याइरहेका छन् ।
वीरेन्द्रनगर — सुर्खेत क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको लिएको छ । सुरूवाती चरणमा एमालेले अग्रता लिएको यहाँ अहिले रास्वपाले लिड गरिरहेको छ ।
रास्वपाका रमेशकुमार सापकोटाले ४ हजार ९८४ मत ल्याएर अग्रता लिएका छन् । अहिले उनलाई कांग्रेसका नारायणकुमार कोइरालाले पछ्याइरहेका छन् । उनले ३ हजार ९ सय २४ मत प्राप्त गरेका छन् । एमालेका कुलमणि देवकोटाले ३ हजार ६५७ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १ हजार ७३८ मत प्राप्त गरेका छन् ।
१५ हजार ७९३ मतगणना हुँदा ६८५ मत भने बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुर्खेत-२ मा ७३ हजार ३५६ मत खसेको थियो । यहाँ १ लाख २७ हजार ६६८ मतदाता थिए ।
