बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार १ हजार ६३० मत गणना गर्दा थापाले ६ सय ४ मत प्राप्त गरेर अग्रता कायम गरेकी छन् ।
दैलेख — दैलेख निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी बासना थापाले सुरुवाती अग्रता लिएकी छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार १ हजार ६३० मत गणना गर्दा थापाले ६ सय ४ मत प्राप्त गरेर अग्रता कायम गरेकी छन् ।
यस्तै, नेकपा एमालेका रविन्द्रराज शर्माले पाँच सय ४९, राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले तीन सय ३२ र नेपाली कम्युनिष्ट पार्टीका अमरबहादुर थापाले ३३ मत प्राप्त गरेका छन् ।
