तीनपटक चुनाव जित्दासम्म मतदान नगरेका उम्मेदवार बुढाले यस पटक पनि नगर्ने

२०७०, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लडेर निर्वाचित भएका बुढाले यस पटक पनि आफू मत हाल्न नजाने बताएका हुन् ।

फाल्गुन २१, २०८२

रामचन्द्र न्यौपाने

The candidate who did not vote until he won the election three times will not vote this time either.

डोल्पा — तीन पटकसम्म चुनाव जित्दासमेत आफैंलाई मतदान नगरेका उम्मेदवार धनबहादुर बुढाले यस पटक पनि मत नहाल्ने बताएका छन्  ।

२०७०, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लडेर निर्वाचित भएका बुढाले यस पटक पनि आफू मत हाल्न नजाने बताएका हुन् ।

‘मैले यस अघि तीनपटक चुनाव जितेँ । तिनै पटक मत हाल्न गइनँ । यस पटक पनि दुनैस्थित घरमा भएकाले मत हाल्न जाँदैन,’ बुढाले भने ।

आफ्नो मतदाता नामावली काइके गाउँपालिका–२ स्थित अरनिको मावि शहरतारमा भए पनि मत हाल्न नजाने उनको भनाइ छ । उनी नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार हुन् । जिल्लाभर समन्वय गर्नुपर्ने भएकाले मतदान गर्न गाउँ जान नभ्याउने उनको भनाइ छ । 

त्यसैगरि नेपाली कांग्रेसका उम्मेदवार कर्ण बहादुर बुढा, नेकपा एमालेका उम्मेदवार लंक बहादुर रोकाय, रास्वपाका उम्मेदवार देब सिंह ऐडी र स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसी मत हाल्न आ–आफ्नो मतदान केन्द्रमा पुगेका छन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully