जुम्लामा मतगणना शुक्रबार बिहान ७ बजेदेखि 

महिला २१ हजार एक सय ४६ जना, पुरुष २० हजार ६४ जना मतदाता गरी जम्मा ४१ हजार दुई सय १० मत खसेको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।

फाल्गुन २१, २०८२

डीबी बुढा

Counting of votes in Jumla begins at 7 am on Friday

जुम्ला — जुम्लामा ४१ हजार दुई सय १० मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार ५७ दशमलव ४४ प्रतिशत मत खसेको हो । महिला २१ हजार एक सय ४६ जना, पुरुष  २० हजार  ६४ जना मतदाता गरी जम्मा ४१ हजार दुई सय १० मत खसेको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । जिल्लाका ११० वटा मतदान केन्द्रबाट आएको प्रतिवेदनका अनुसार सो मत खसेको उनको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार जुम्लाको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन प्रक्रियामा राजनैतिक दल, सरकारी निकायदेखि सबै तहको सहयोगमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै उनले अब मुचुल्का उठाएर सदरमुकामतिर ल्याइँदै गरिएको बताए । 

जुम्लामा भोलि बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणना बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो । सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले मतपेटिका आइरहेकोले शुक्रबार बिहान ७ बजेदेखि मतगणना हुने जानकारी दिए । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully