प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको निर्देशनमा सडक डिभिजन कार्यालय जुम्लाले साढे २ घण्टामा डोजर लगाएर सडक खुलाएको हो ।
जुम्ला — जुम्ला तातोपानी गाउँपालिकाको त्रिवेणी टोप्ला सडकमा सुख्खा पहिरो पन्छाएर मतपेटिका ल्याइएको छ । दिउँसो ३ बजे सुर्की पाखामा सुख्खा पहिरो गएको थियो । मतपेटिका ल्याउन र मतदाता आवतजावतमा समस्या भएको थियो ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको निर्देशनमा सडक डिभिजन कार्यालय जुम्लाले साढे २ घण्टामा डोजर लगाएर सडक खुलाएको हो । मतदान कार्य ५ बजे नै सकिए पनि ६ बजेर १५ मिनेटमा मात्र सडक खुलाएर मटपेटिका ल्याइएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
मतपत्र लगायतको चुनावी टोली र नागरिक सहजै रुपमा आवतजावत गर्न सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिनबाबु रेग्मीले पहिरो पन्छाएर मतपेटिका र चुनाव गर्न खटिएको टोली हिँडिसकेको बताए । उनका अनुसार त्यो बाटो हुँदै चार वटा मतदान केन्द्रको मतपेटिका आउँदैछ ।
त्रिवेणी टोप्ला सडक खण्डमा नसकिंदासम्म डोजर मतपेटिका बोकेका गाडीहरुको अघिअघि आउने व्यवस्था मिलाइएकोछ ।
