मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु गरिएको छ।
काठमाडौँ — मुगु जिल्लामा ६१ दशमलव २७ प्रतिशत मतदान सम्पन्न भएको छ । जिल्लामा रहेका कुल ३६ हजार ३१ मतदातामध्ये २२ हजार ७७ मत खसेको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।
११ हजार ५७० महिला र१० हजार ५०७ पुरुषले मतदान गरेका छन्। मतदान सम्पन्न भएसँगै मतपेटिकासंकलन कार्य सुरु गरिएको छ।
हालसम्म १२ वटा मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको जनाइएको छ। निर्वाचन कार्यालयका अनुसार आज थप ४२ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने योजना तयारी रहेकाे कार्यालयले जनाएको छ ।
