भिरबाट २ सय मिटर तल खसेकी सिद्धाको रास्कोट अस्पतालका चिकित्सकले पोस्टमाटर्म गरेर जेठाजु बिर्खबहादुर बिकलाई शव बुझाइएको डिएसपी खत्रीले बताए ।
कालिकोट — भीरबाट लडेर पचालझरना २ धमालीकी ३३ वर्षीया सिध्दा विश्वकर्माको मृत्यु भएको छ ।
मंगलबार घाँस काट्ने क्रममा स्थानीय चौरामाडु हुमान्ना डाँडा भीरबाट लडेर सक्त घाइते भएकी विश्वकर्माको घर नपुर्याउँदै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए।
भिरबाट २ सय मिटर तल खसेकी सिद्धाको रास्कोट अस्पतालका चिकित्सकले पोस्टमाटर्म गरेर जेठाजु बिर्खबहादुर विश्वकर्मालाई शव बुझाइएको डिएसपी खत्रीले बताए । उनको कर्णाली नदीमा दाहसंस्कार गरिएको छ ।
पचाल झरना ५ बाझकोट माइती घर भएकी विश्वकर्माका चार छोराछोरी छन् । कान्छो छोरा दुई बर्षको मात्र भएको स्थानीय शिक्षक केशव कठायतले बताए ।
उनकनअनुसार जेठो छोरा १४, माइली छोरी ११, साहिली छोरी ८ बर्षका छन् । पति वीरेन्द्र विश्वकर्मा हिमचुली सहकारी संस्थामा कार्यरत छन् ।
कालिकोटमा भिरबाट लडेर बर्सेनि ५०/६० जनाले ज्यान गुमाउने गरेको प्रहरीले जनाएको छ ।
