अप्ठयारो सडक र तीव्र गतिका कारण अटोको ब्रेक फेल भइ दुर्घटना भएको प्रहरी निरीक्षक बजिरसिंह विष्टले बताए ।
कालिकोट — कर्णाली राजमार्गको तिलागुफा–७ बालीमा बुधबार दिउँसो अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कर्णाली राजमार्गको बिर्तामोडबाट नाग्मतर्फ जाँदै गरेको क१ह ४९ नम्वरको अटो ब्रेक फेल भएर दुर्घटना हुँदा त्यसमा सवार ६ जना घाइते भएका हुन् ।
२१ फागुनमा मतदानको लागि घर फर्किँदै गरेका चालकसहितका यात्रुहरू दुर्घटनामा घाइते भएको जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनकाअनुसार घाइतेलाई तिलागुफा–४ स्थित राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रेफर गरिएको छ ।
घाइते हुनेमा अटो चालक तिलागुफा–१ नाग्मका ३० वर्षीय मंगल विक, तिलागुफा–६ जुविथाका २७ वर्षीया पम्फा शाही, उनका ७ वर्षीय छोरा प्रवीन शाही, ५ वर्षीय छोरा सर्जन शाही, तिलागुफा–३ फोइकी ३० वर्षीया कृष्णकला शाही, सोही ठाउँकी ३३ वर्षीया देवीकला शाही घाइते छन् । उनीहरूमध्ये पम्फासर्जन र देवीकलाको अवस्था गम्भीर छ ।
अप्ठयारो सडक र तीव्र गतिका कारण अटोको ब्रेक फेल भइ दुर्घटना भएको प्रहरी निरीक्षक बजिरसिंह विष्टले बताए । उनका अनुसार अटो सडकबाट २५ मिटर तल तिला नदीमा खसेको छ ।
