अतिसंवेदनशील ६ जिल्लामा हवाई गस्ती गर्दै सेना

भोलि हुने निर्वाचनलाई लक्षित गर्दै अतिसंवेनदशील क्षेत्र तोकिएका जिल्लाहरुमा हवाई गस्तीबाट अनुगमन तथा निर्वाचन स्थल अवोलोकन गर्ने उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतना पति दीपेशजंग शाहले बताए ।

फाल्गुन २०, २०८२

ज्योति कटुवाल

Army conducting aerial patrols in 6 highly sensitive districts

सुर्खेत — फागुन २१ भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा अतिसंवेदनशील तोकिएका मतदान स्थलहरुमा नेपाली सेनाले हवाई गस्ती गर्ने भएको छ । 

बुधबारदेखि उत्तर पश्चिम पृतना हेडक्वाटर मातहतका ६ जिल्लामा हवाई गस्ती सुरु गरेको छ । भोलि हुने निर्वाचनलाई लक्षित गर्दै अतिसंवेनदशील क्षेत्र तोकिएका जिल्लाहरुमा हवाई गस्तीबाट अनुगमन तथा निर्वाचन स्थल अवोलोकन गर्ने उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतना पति दीपेशजंग शाहले बताए । 

उनले कालिकोट, जाजरकोट, डोल्पा, सुर्खेत, बाँके र बर्दिया दुईदिन हवाई गस्ती गरिने बताए । ‘हाम्रो पृतना मातहमा रहेका जिल्लाका अतिसंवेदनशील ३ सय ५६ वटा मतनाद स्थल अति संवेदनशील रहेका छन् । आश्यवक परेको अवस्थामा हवाई साधनबाटै तैनाथ फौजहरु परिचालन गर्न सकिने भएकाले संवेदनशील एरियामा गस्ती गरिएको छ ।

उनले भने, ‘निर्वाचनको दिनमा आवश्यक फौजसहित हवाई गस्ती गर्ने योजना छ ।’ यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार कर्णाली प्रदेशका १० जिल्लामा  ३ सय ५९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् भने संवेदनशील, ४ सय २२ वटा १ सय ६० वटा सामान्य रहेका छन् । 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully