सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएको भन्दै स्थानीय बासीले खबर गरेको प्रहरी निरीक्षक प्रकाश केसीले बताए ।
सुर्खेत —
सुर्खेतको भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।
सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएको भन्दै स्थानीय बासीले खबर गरेको प्रहरी निरीक्षक प्रकाश केसीले बताए ।
प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित घेरामा राख्दै सर्वसाधारणको आवतजावत नियन्त्रण गरेको छ । शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय भइरहेको र आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।