हुम्लाको हल्जी, तिल र जाङ्ग पुगे निर्वाचन सामाग्री र कर्मचारी

हिमपातले सडक अवरुद्ध बनेका न्यालु लेक, र नारा लेकमा आउजाउ बन्द भएपछि हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारीलाई पुर्‍याउनु परेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

फाल्गुन १९, २०८२

ज्योति कटुवाल

Election materials and staff arrive in Halji, Til and Jang of Humla

सुर्खेत — हिमपातले सडक अवरुद्ध भएपछि हुम्लाको चार मतदान स्थलमा नेपाली सेनाको दुईवटा हेलिकोप्टरबाट निर्वाचन सामाग्रीहरु र कर्मचारी पुर्‍याइएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सोमबार बिहानदेखि दुई हेलिकोप्टर उडाइएको छ । हिमपातले सडक अवरुद्ध बनेका न्यालु लेक, र नारा लेकमा आउजाउ बन्द भएपछि हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारीलाई पुर्‍याउनु परेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । 

Election materials and staff arrive in Halji, Til and Jang of Humla

उनले भने, ‘प्रत्येक उडानमा १५ देखि २० जनासम्म पठाउनुपरेको छ । सडक अवरुद्ध भएपछि हेलिकोप्टरको भर पर्नुपरेको छ ।’ निर्वाचन कर्मचारी र सामग्री नाम्खा गाउँपालिकाको हिमशिखर आधारभूत विद्यालय तिल, हिमाल आधारभूत विद्यालय चाला, भृकुटी आधारभूत विद्यालय जाङ्ग र सुनखानी आधारभूत विद्यालय हल्जीमा रहेका मतदानस्थलमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छन् ।

Election materials and staff arrive in Halji, Til and Jang of Humla

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully