खुकुरी देखाएर टिकटक भिडियो बनाउने पक्राउ

प्रहरी टोलीले खुकुरीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ

फाल्गुन १७, २०८२

तृप्ति शाही

Arrested for making TikTok video showing khukuri

वीरेन्द्रनगर — टिकटकमा खुकुरी देखाई भिडीयो पोस्ट गरी सार्वजानिक खलल पुर्‍याउने व्यक्तिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालीकोटको शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर-१० एयरपोर्ट बस्ने १८ वर्षका सुरेन्द्र शाही,दैलेख घर भई वीरेन्द्रनगर-१० एयरपोर्ट बस्ने १९ वर्षका असिम सावद,दैलेख घर भई वीरेन्द्रनगर-११ पिपिरा बस्ने १८ वर्षका प्रकाश सुनार छन् ।

उनीहरूलाई जिल्ला कार्यालयबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully