उज्यालो नेपाल पार्टीका उम्मेदवार केसीले लिए उम्मेदवारी फिर्ता, जनार्दन शर्मालाई समर्थन  

शर्मालाई समर्थन गरेको प्रतिबद्धतापत्र केसीले वाचन गरेपछि प्रलोपाका शर्माले दुवै पार्टीले उठाएका एजेन्डाहरु साझा भएको भन्दै अब एकसाथ चुनावी अभियानमा लाग्ने बताए ।

फाल्गुन १५, २०८२

महेश केसी

Ujjaya Nepal Party candidate KC withdraws candidacy, supports Janardan Sharma

रुकुम पश्चिम — उज्यालो नेपाल पार्टीका तर्फबाट रुकुम पश्चिममा उम्मेदवार बनेका नरेन्द्र केसीले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्दै आफ्नो उम्मदवारी फिर्ता लिएका छन् ।

जिल्ला सदरमुकाम मुसिकोटमा आज एक पत्रकार सम्मेलन आयोजना गरी उक्त घोषणा गरिएको हो । शर्मालाई समर्थन गरेको प्रतिबद्धतापत्र केसीले वाचन गरेपछि प्रलोपाका शर्माले दुवै पार्टीले उठाएका एजेन्डाहरु साझा भएको भन्दै अब एकसाथ चुनावी अभियानमा लाग्ने बताए ।

उम्मेदवार केसीले रुकुम पश्चिमलाई समृद्ध बनाउने अभियान अब आफूहरु सँगसँगै हुने बताएका छन् । र अब शर्माको प्रचारप्रसारमा डटेर लाग्ने समेत जानकारी दिए ।

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully