निर्वाचन बिथोल्न खोज्ने ८ जना पक्राउ

ठाउँठाउँमा राके जुलुस निकाल्ने, भित्ते लेखन गर्ने, उम्मेदवार र मतदातालाई धम्काउने ८ जना पक्राउ

फाल्गुन १४, २०८२

ज्योति कटुवाल

8 people arrested for trying to disrupt the election

सुर्खेत — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार र बिथोल्न खोजेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । आफूहरूलाई निर्वाचन बहिष्कार पक्षधर बताउने ८ जना  सुर्खेत, कैलाली, रुकुम र कालीकोट निवासी रहेका छन् । 

ठाउँठाउँमा राके जुलुस निकाल्ने, भित्ते लेखन गर्ने, उम्मेदवार र मतदातालाई धम्काउनेजस्ता क्रियाकलाप गरेको आरोपमा पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए । 

पक्राउ पर्नेमा कालीकोटका क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज नारायण न्यौपाने, कालीकोटका वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव धिर दर्जी, कर्णबहादुर बीसी रहेका छन्  ।

धनगढी उपमहानगर बस्ने वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सचिव श्याम कुँवर, नेकपा बहुमत पार्टी सुर्खेतका जिल्ला सचिव राजकुमार पौडेल, रन्त बहादुर वली, पूर्ण तिरुवा र रुकुम पश्चिमका मान बहादुर मल्ल रहेका छन् । 

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully