सशस्त्र प्रहरीको गोताखोरको टोलीले लगातार दुई दिनसम्म घटनास्थलदेखि ५ सय मिटर तलसम्म खोजी गरे पनि बेपत्ता पुष्पा सिंहलाई फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बताए ।
सल्यान — दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवा घर भई बन्गाड कुपिण्डे नगरपालिका–६ सुनौलीमा माइती आएकी २१ वर्षीया पुष्पा सिंह सल्लीबजार नजिकै पर्ने भेरी नदीको पुलबाट हाम फालेर बेपत्ता भएको ६ दिन बितिसक्दा पनि भेटिएकी छैनन् ।
बेपत्ता पुष्पाको सशस्त्र प्रहरीको गोताखोरको टोलीले लगातार दुई दिनसम्म घटनास्थलदेखि ५ सय मिटर तलसम्म खोजी गरे पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बताए ।
नदीमा फेला पार्न नसकेपछि गोताखोरको टोली फिर्ता भए पनि प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको प्रनाउ केसीले जानकारी गराए । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ बरुवा घर भएका त्रिदेव मल्लसँग पुष्पाले तीन साताअघि मात्र विवाह गरेकी थिइन् । श्रीमान्सँगै रहेका बेला फोटो खिच्दै गर्दा पुष्पाले पुलबाट भेरी नदीमा हाम फालेकी थिइन् ।
