डोल्पाबाट चल्ने लामो दुरीका बसमा यात्रुपिच्छे फरक भाडा

दुनै–काठमाडाैं, काठमाडाैं–दुनै तथा दुनै–नेपालगञ्ज,नेपालगञ्ज–दुनै चल्ने बसहरुले यात्रुबाट फरक–फरक भाडा लिने गरेको पाइएको हो ।

फाल्गुन १२, २०८२

रामचन्द्र न्यौपाने

Long-distance buses from Dolpa have different fares per passenger

What you should know

डोल्पा — हिमाली जिल्ला लामो दुरीका बसमा टिकट काउन्टर र व्यवसायीले मनपरी रुपमा भाडा उठाउने गरेको पाइएको छ ।

दुनै–काठमाडाैं, काठमाडाैं–दुनै तथा दुनै–नेपालगञ्ज,नेपालगञ्ज–दुनै चल्ने बसहरुले यात्रुबाट फरक–फरक भाडा लिने गरेको पाइएको हो ।

गत शुक्रबार काठमाडाैंबाट डोल्पो संयुक्त यातायातको बसमार्फत डोल्पा पुगेका यात्रुलाई फरक–फरक भाडा उठाएको यात्रु पन्न नेवारले गुनासो पोखे । ‘आफुले आधाबाटोको तीन हजार तिरे । कसैबाट डोल्पासम्मै पच्चीस सयदेखि तीन हजारमात्र उठाएको छ,' उनले भने, 'बसका डोल्पा र काठमाडाैंमा रहेका टिकट काउन्टरहरु यात्रुको हाउभाउ लुवाइखुवाई हेरेर मनपरी रुपमा भाडा उठाउने गरेको पाइन्छ ।’  यसरी यात्रुलाई हेरेर पैसा उठाउँदा सबैभन्दा धेरै सोझासाझा मानिस मारमा पर्ने गरेको उनको भनाइ छ ।

आसन्न निर्वाचनमा भोट हाल्न फर्केका उपल्लो डोल्पाका यात्रुहरुबाट चार हजार आठ सयदेखि पाँच हजारसम्म भाडा उठाएको उनले बताए । डोल्पो संयुक्तमात्र नभई बटालियन यातायात, मजबुद यातायात, मैयाँ काजीलगायतका समिति मार्फत सञ्चालित बसका डोल्पादेखि काठमाडाैंसम्म राखिएका टिकट काउन्टरहरुले मनरुपरी रुपमा भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ ।

डोल्पाबाट काठमाडाैं जाने जस्तै डोल्पाबाट नेपालगञ्ज जानु रात्रि बसहरुले पनि मनपरी भाडा उठाउने गरेका छन् । काठमाडौं डाेल्पाकाे भाडादर ५ हजार ८ सय भए पनि यात्रुकाे गन्तव्य अनुसार फरक-फरक भाडा उठाउने गरेकाे उनको भनाइ छ ।

यसरी यात्रुबाट मनपरी भाडा असुल्दा समेत डोल्पामा राखिएका ठाउँ ठाउँमा राखिएका प्रहरी र ट्राफिक प्रहरीका चेक पोष्टहरुले कुनै चासो नदिने गरेको यात्रुहरुको गुनासो छ ।

यता जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले यस विषयमा गम्भीर भएकाले तुरुन्तै भाडादर जाँच गर्न निर्देशन दिएको बताए । जिल्लामा राखिएका विभिन्न बसका काउन्टरहरुबाट काटिने बसका टिकटमा भाडादरमा एक रुपता कायम गर्न विभिन्न प्रहरी पोष्टमा निर्देशन दिइसकेको समेत उनले बताए ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully