फागुन २१ काे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यकमध्ये १३ प्रकारका निर्वाचन सामग्री डाेल्पा आइपुगेको हाे ।
डाेल्पा — हिमाली जिल्ला डाेल्पामा आइतबार नेपाली सेनाको जहाजमार्फत निर्वाचन सामग्री आइपुगेको छ ।
फागुन २१ काे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यकमध्ये १३ प्रकारका निर्वाचन सामग्री डाेल्पा आइपुगेको हाे ।
आइतबार सेनाकाे स्काई ट्रक जहाज मार्फत मतपत्रलगायतका १३ प्रकारका निर्वाचन सामग्री आइपुगेको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । केही दिनभित्रै सबै सामग्री मतदान केन्द्रहरुमा पठाइने उनले बताए ।
डोल्पामा ६८ वटा मतदान केन्द्र छन् । तीमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १ सय ८७ र पुरुष मतदाता ११ हजार ९ सय २८ रहेका छन् ।
