नेपाली सेनाको स्काई ट्रकबाट हुम्ला पुग्यो निर्वाचन सामग्री

हुम्लामा ३४ हजार ३ सय ७२ मतदाता रहेका छन् भने अझै १ सय ९६ मतपेटिका आवश्यक रहेको हुम्लाका निर्वाचन अधिकारी भीमबहादुर रोकायाको भनाइ छ ।

फाल्गुन ९, २०८२

ज्योति कटुवाल

Election materials reach Humla via Nepali Army sky truck

सुर्खेत — निर्वाचन सामाग्री लिएर नेपाली सेनाको स्काई ट्रक हुम्ला पुगेको छ ।

हुम्लाका निर्वाचन अधिकारी भीमबहादुर रोकायाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार मतपेटिका, सुरक्षा सिल, मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगीन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री हुम्ला आइपुगेको बताए ।

हुम्लामा ३४ हजार ३ सय ७२ मतदाता रहेका छन भने अझै १सय ९६ मतपेटिका आवश्यक रहेको उनको भनाइ छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully