आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रलाेपाका उम्मेदवार विकास बुढाले एमाले उम्मेदवार लंकबहादुर राेकायलाई सघाउने भएका हुन् ।
डाेल्पा — हिमाली जिल्ला डाेल्पामा प्रगतिशील लाेकतान्त्रिक पार्टी र नेकपा एमाले बीच चुनावी तालमेल भएको छ ।
जिल्लामा दुईपार्टीबीच भएको सहमति अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रलाेपाकाउम्मेदवार विकास बुढाले एमाले उम्मेदवार लंकबहादुर राेकायलाई सघाउने भएका हुन् ।
जिल्लामा वर्षाैंदेखि कायम रहेकाेएउटै व्यक्तिकाे वरिपरी घुुमिरहेकाे 'राजनीतिक सिन्डिकेट'लाई ताेड्दै भेगिए राजनीतिलाई समर्थन गर्न चुनावी तालमेल गरेको उम्मेदवार बुढाले बताए । केन्द्रीय सर्कुलर अनुसार नै चुनावी तालमेल गरिएको उनले बताए । जिल्लामा प्रलाेपाले संगठन भने विस्तार गरिसकेको छैन् ।
