बन्गाड कुपिण्डेको रनिङशिल्ड त्रिभुवन जनता माविलाई

१६ स्वर्ण, ९ रजत र १० कास्य पदक जितेर त्रिभुवन जनता माविले उपाधि हात पारेको हो ।

फाल्गुन ३, २०८२

विप्लव महर्जन

सल्यान — जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा भएको नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङशिल्डको उपाधि त्रिभुवन जनता मावि च्युराले हात पारेको छ ।

१६ स्वर्ण, ९ रजत र १० कास्य पदक जितेर त्रिभुवन जनता माविले उपाधि हात पारेको हो । 

देवस्थलको प्रभाकर माविको खेल मैदानमा तीन दिनसम्म भएको प्रतियोगितामा ९ स्वर्ण, ८ रजत र ६ कास्य पदक जितेर प्रभाकर मावि दोस्रो र दुई स्वर्ण, दुई रजत र दुई कास्य जितेर कृष्ण बोर्डिङ स्कुल तेस्रो भएको नगर खेलकुद विकास समिति संयोजक रिमबहादुर बिष्टले बताए । 

विजेता विद्यालयलाई शिल्ड र पदक वितरण गरिएको छ । माघ २९ देखि सुरु भएको प्रतियोगितामा आठ सामुदायिक र दुई निजी गरी १० विद्यालयका ४ सय ८३ विद्यार्थीले विभिन्न खेलमा भाग लिएका थिए । विद्यार्थीले भलिबल, मार्सलआर्ट, एथलेटिक्सलगायतका ५४ खेलमा प्रतिस्पर्धा गरेका थिए ।  

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully