जिल्लाका आठवटा पालिका मध्ये ७३.०५ अंकसहित शे–फोक्सुण्डो उत्कृष्ट भएको हो ।
डोल्पा — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार उपल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो गाउँपालिका पहिलो स्थानमा परेको छ । जिल्लाका आठवटा पालिका मध्ये ७३.०५ अंकसहित उत्कृष्ट भएको हो ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उपल्लो डोल्पामै पर्ने डोल्पोबुद्ध गाउँपालिका ७१.८६ अंकसहित दोस्रो स्थानमा र जगदुल्ला गाउँपालिका ६३.३४ अंक सहित तेस्रो स्थानमा परेको छ ।
त्यसैगरी ६२.११ अंकसहित ठूलीभेरी नगरपालिका चौथो स्थानमा र काइके गाउँपालिका ५८.४२ अंक प्राप्त गरी पाँचौं स्थान परेको हो ।
उपल्लो डोल्पामै पर्ने छार्काताङ्सोङ गाउँपालिका ५३.६९ अंक प्राप्त गरि छैटौं र त्रिपुरासुन्दरी नगरपालिकाले ५३.१३ अंक सहित सातौं स्थानमा परेको छ । मुड्केचुला गाउँपालिका भने ५२.४० अंकसहित सबैभन्दा पछाडि परेको छ । आयोगले स्थानीय तहको हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो ।
