सल्यानमा छत्रेश्वरी कार्यसम्पादनमा उत्कृष्ट

७२.२५ अंक ल्याएर छत्रेश्वरी गाउँपालिका प्रथम भएको हो ।

फाल्गुन २, २०८२

विप्लव महर्जन

सल्यान — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकनमा सल्यानको छत्रेश्वरी गाउँपालिका जिल्लाभरीका स्थानीय तहमा प्रथम भएको छ ।

७२.२५ अंक ल्याएर छत्रेश्वरी गाउँपालिका प्रथम भएको हो । आयोगको प्रतिवेदन अनुसार जिल्लाका १० स्थानीय तहमध्ये ६६.९७ अंक ल्याएर बन्गाड कुपिण्डे नगरपालिका दोस्रो र ६६.७१ अंक ल्याएर कालिमाटी गाउँपालिका तेस्रो भएको छ । 

कपुरकोटले ६४.५२, दार्माले ६३.४२, शारदा नगरपालिकाले ६१.१२, बाग्चौरले ५७.५८, त्रिबेणीले ५५.८९, सिद्धकुमाखले ५३.५२ र कुमाख गाउँपालिकाले  ५२.५२ अंक ल्याएका छन् । 

आयोगले वित्तिय अनुशासन, योजना कार्यान्वयन, पारदर्शिता, सुशासन, राजस्व संकलन, सार्वजनिक उत्तरदायित्व, संस्थागत क्षमता विकास तथा सेवा प्रवाह सम्बन्धी १७ वटा सूचकको आधारमा स्थानीय तहको मूल्यांकन गर्दै आएको छत्रेस्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए । 

स्थानीय तहले पेस गरेको विवरण, बजेट कार्यान्वयन, आयब्यय, घरजग्गा, मनोरन्जन र जिज्ञापन कर संकलन, योजना तर्जुमा, विद्यार्थी भर्ना र टिकाउ, स्वास्थ्य, खोप अनुपातलगायतका सूचकलाई मूल्यांकनमा समेटिने उनले जानकारी दिए । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully