१० किलोमिटर खुला दौड महिलातर्फ बिमलाले ४१ मिनेट तीन सेकेन्ड र खुला पुरुषतर्फ अर्जुनले ३१ मिनेट १७ सेकेन्डमा पूरा गरेका थिए ।
What you should know
सुर्खेत — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली सेनाले आयोजना गरेको ‘पिस एण्ड युनिटी रन’ मा सुर्खेतकी बिमला कार्की र डोल्पाका अर्जुन बुढा प्रथम भएका छन्।
१० किलोमिटर दौड खुला महिलातर्फ बिमलाले ४१ मिनेट तीन सेकेन्ड र खुला पुरुषतर्फ अर्जुनले ३१ मिनेट १७ सेकेन्डमा दुरी पूरा गरेका थिए ।
यस्तै, द्वितीय स्थानमा आशिष गुरुङ र गिता खड्का रहेका छन् । १० किलोमिटरको दुरी ४१ मिनेट १० सेकेन्डमा गीताले पार गरिन् भने आशिषले ३३ मिनेट ४५ सेकेन्डमा पूरा गरेका थिए । तृतीय हुनेमा मुकेश शाही र करुणा ऐडी रहेका छन् ।
यस्तै ५ किलोमिटर छात्रातर्फ चन्द्रा बुढाले प्रथम उपाधि हात पार्न सफल भइन् । उनले ५ किलोमिटरको दुरी २३ मिनेट ३ सेकेण्डमा पूरा गरेकी हुन् । द्वितीय हुनेमा संस्कृति सापकोटा रहेकी छिन् । उनले २५ मिनेट १ सेकेन्डमा पूरा गरिन् भने तृतीय भएकी दीपा कठायतले २४ मिनेट ९ सेकेडमा दूरी पार गरिन् ।
१० किलोमिटर दौडमा महिला खुला र पुरुष खुलातर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पाए ।
उत्तर पश्चिम पृतनाले महाशिवरात्री तथा सेना स्थापनाको २६३औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न भन्दै दौड प्रतियोगिता आयोजना गरेको जनाएकाे छ। उक्त असवरमा सेनाबाट लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समेत गरिएको थियो ।
