त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेट बजारबाट वडा ३ को जिँउ गाउँतर्फ जाँदै गरेकाे ग १ ज ८०९९ नम्बरकाे बालेराे जिप दुर्घटना भएकाे हो।
डाेल्पा — हिमाली जिल्ला डाेल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ। दुई जना घाइते भएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेट बजारबाट वडा ३ को जिँउ गाउँतर्फ जाँदै गरेकाे ग १ ज ८०९९ नम्बरकाे बालेराे जिप दुर्घटना भएकाे हो।
मृत्यु हुनेमा वडा ३ का करिब ५५ का धनचन्द्र धराला छन्। दुर्घटनामा साेही ठाउँकी ३१ वर्षीया रमा बाेहाेरा र ३१ वर्षकै सुकलाल गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुबै जनाकै अवस्था गम्भीर रहेकाे र उपचारकालागि जिल्ला अस्पताल डाेल्पा लगिएको प्रहरी चाैकी त्रिपुराकाेटले जनाएको छ ।
सल्यान कुमाख गाउँपालिका-४ सानीपिप्ली घरभएका जिप चालक २५ वर्षीय यलिसकुमार बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला पठाउने तयारी गरेकाे छ । उकालाे चढ्दै गरेकाे जिप एक्कासी अनियन्त्रित भएर सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।