अटोरिक्सा दुर्घटनाका घाइते एकको मृत्यु

चालकसहित चार जना चढ्न मिल्ने अटोरिक्सामा ११ जना सवार थिए ।

माघ २२, २०८२

विप्लव महर्जन

One person injured in autorickshaw accident dies

सल्यान — सल्यानमा सोमबार अटोरिक्सा दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका सिद्धकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टकबहादुर रेउलको उपचारका क्रममा मृत्यु भएको हो ।

रेउलेको नेपालगन्जस्थित संजिवनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले बताए ।

जिल्लाको शारदा नगरपालिका १ श्रीनगरबाट खलंगा तर्फ आउँदै गरेको रा १ ह २१९५ अटो शारदा नगरपालिका २ खलंगास्थित खानेपानी तथा उर्जा विकास कार्यालयको क्वाटरनजिकै सोमबार दिउँसो दुर्घटना हुँदा १० जना जना घाइते भएका थिए । 

चालकसहित चार जना मात्र चढ्न मिल्ने अटोरिक्सामा ११ जना सवार थिए । क्षमता भन्दा बढी यात्रु राखेका कारण अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । अटोरिक्सा  सडकदेखि ५ सय मिटर तल खसेको थियो। अटोचालक शारदा नगरपालिका ६ का २५ वर्षीयका अर्जुन डाँगीलाई नियन्त्रणमा लिएको छ ।  

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully