आठबीस नगरपालिका उपप्रमुख कल्पना थापाले बडुवालको अवस्था गम्भीर भएकाले पालिकाको सहयोगमा थप उपचारका लागि सुर्खेत पठाएको बताइन् ।
दैलेख — दैलेखको आठबीस नगरपालिका वडा-८ का दीपेन्द्र बडुवाल बँदेलको आक्रमणबाट घाइते भएका छन् । घाइते भएका बडुवाललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।
आफ्नै गाउँबाट तिलेपाटा जाँदै गरेका उनलाई बाटोमै बँदेलले आक्रमण गर्दा उनको हात र शरीरका धेरै स्थानमा घाउ देखिएको छ ।
आठबीस नगरपालिका उपप्रमुख कल्पना थापाले बडुवालको अवस्था गम्भीर भएकाले पालिकाको सहयोगमा थप उपचारका लागि सुर्खेत पठाएको बताइन् ।