उपसभापति शाही कांग्रेस पार्टीबाटै रास्वपामा प्रवेश गरेर उपसभापति बनेकी थिइन् । उनलाई घर फर्काएको जुम्ला कांग्रेसले जनाएको छ ।
जुम्ला — राष्ट्रिय स्वतन्त्र पार्टीकी जुम्ला उपसभापति तारा शाही नेपाली कांग्रेसमा फर्किएकी छिन् । रास्वपाको राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै उपसभापति शाही कांग्रेसमा फिर्ता भएकी हुन् ।
उनलाई कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन् । उनले कांग्रेसमा उपसभापति शाहीको प्रवेशले उर्जा मिलेको प्रतिक्रिया दिइन् ।
कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले जुम्ला कांग्रेसको निर्वाचन केन्द्रित छलफलमा सहभागी भएर रास्वपा परित्याग गरेको घोषणा गरेको बताए । शाही चन्दननाथ नगरपालिका-५ की बासिन्दा हुन् ।
उपसभापति शाही कांग्रेस पार्टीबाटै रास्वपामा प्रवेश गरेर उपसभापति बनेकी थिइन् । उनलाई घर फर्काएको जुम्ला कांग्रेसले जनाएको छ ।