प्रविधियुक्त परीक्षण किट संयुक्त राष्ट्र संघको अपराध र लागूऔषध नियन्त्रण कार्यालय (यूएनओपीएस)को सहयोगमा प्राप्त भएको उनले बताए।
सुर्खेत — लागूऔषध प्रयोगकर्ताको पहिचान गर्न सुर्खेत प्रहरीले परीक्षण किट प्रयोग गर्न थालेको छ ।
पछिल्लो समयमा कर्णाली प्रदेशमा लागूऔषध कारोबार र प्रयोगकर्ता बढेकाे गुनासो आएकाले आइतबारदेखि किटको प्रयोगबाट शंकास्पद व्यक्तिको पहिचान गरिन लागेको जिल्ला प्रहरी सुर्खेतका एसपी सुधिरराज शाहीले बताए।
लागूऔषध सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने व्यक्तिलाई कारबाही प्रक्रियामा ल्याउन प्रमाण नभएकै कारण सेवनकर्ता उम्कने गरेकाले किटबाट परीक्षण गरिन लागेको एसपी शाहीले बताए।
‘हामीले विभिन्न खालको परीक्षण किटहरू प्राप्त गरेका छौं, सुर्खेतका विभिन्न मुख्य क्षेत्रमा ती किटको प्रयोग गरी विभिन्न विधिबाट परीक्षण गर्नेछौं,' उनले भने, ‘किटबाट लागूऔषध सेवन गरेको पत्ता लाग्छ, सेवन गरेका व्यक्तिमा प्रयोग भएको किटलाई अस्पतालमा पठाउँछौं ।’
अस्पतालले विस्तृत रूपमा परीक्षण रिपोर्ट दिएपछि मुद्दा प्रक्रिया अगाडि बढाइने उनले बताए । यसले मुद्दा चलाउँदा अदालतमा प्रमाण पुर्याउन परीक्षण किटलाई अस्पतालबाट प्रमाणित गर्न लागिएको उनको भनाइ छ । प्रविधियुक्त परीक्षण किट संयुक्त राष्ट्रसंघको अपराध र लागूऔषध नियन्त्रण कार्यालय (यूएनओपीएस)को सहयोगमा प्राप्त भएको उनले बताए।
