छतबाट खसेर वृद्धाको मृत्यु

बडीमालिका नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।

माघ ३, २०८२

रासस

Elderly woman dies after falling from roof

बाजुरा — बडीमालिका नगरपालिकामा एक जनाको  आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । 

शुक्रबार  साँझ उनी आफ्नै घरको छतबाट खसेकी हुन्। छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्‍याएका थिए । चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए । शवपरीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

रासस

Link copied successfully