कालीकोटमा जिप दुर्घटना, ३ को मृत्यु, एक बेपत्ता   

सेरो पान्तडी सडक खण्ड निर्माण गर्ने व्यवसायी अर्जुन गौतमको ठेक्कामा काम गर्ने भाडाको जिप दुर्घटना भएको प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनका अनुसार सडकबाट ३ सय मिटर तल तिला नदी किनारा नजिक ३ जनाको लास भेटिएको हो ।

माघ २, २०८२

तुलाराम पाण्डे

Jeep accident in Kalikot, 3 dead, one missing

काठमाडौँ — सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार ४ मध्ये ३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । 

सेरो पान्तडी सडक खण्ड निर्माण गर्ने व्यवसायी अर्जुन गौतमको ठेक्कामा काम गर्ने भाडाको जिप दुर्घटना भएको प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनका अनुसार सडकबाट ३ सय मिटर तल तिला नदी किनारा नजिक ३ जनाको लास भेटिएको हो ।   

जिप दुर्घटनाको खबर आएपछि जिल्ला प्रहरी प्रमुख खत्री, प्रजिअ गोकर्णराज सुयल घटनास्थल पुगेका छन् । रातिको समय जिप भीरमा दुर्घटना भएकाले बेपत्ता खोज्न कठिनाइ भएको जनाइएको छ । 

'३ जनाको शव भेटिएको छ,' उनले भने, 'बेपत्तालाई खोज्दै छौं, मृतकको सनाखत भएको छैन ।' 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully