शनिबार राति खाना खाएर सुतेका उनी आइतबार बिहान ६ बजेको पिटीमा सामेल नभएपछि उठाउन जाँदा मृत भेटिएको सल्यानका प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसीले बताए।
सल्यान — जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत एक हवल्दार निवासभित्रै मृत भेटिएका परेका छन्।
दाङको तुल्सीपुर उपमहानगरपालिका–८ दुधेना घरभई भई जिल्ला प्रहरी सल्यानमा कार्यरत हवल्दार ४१ वर्षीय भीमबहादुर केसी कार्यालयको निवासमा आइतबार बिहान मृत फेला परेका हुन्।
शनिबार राति खाना खाएर सुतेका उनी आइतबार बिहान ६ बजेको पिटीमा सामेल नभएपछि उठाउन जाँदा मृत भेटिएको सल्यानका प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसीले बताए। मृतक केसीको शव आफन्तको जिम्मा लगाएको उनले बताए।
जिल्ला अस्पताल सल्यानका चिकित्सकले केसीलाई हृदयघात भएको जानकारी दिएको डीएसपी केसीले बताए।
