सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ठूलीभेरी नगरपालिका–३ दुनै स्थित झाेलुङ्गे पुल नजिकै पानीकाे सार्वजनिक धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेकाे हाे।
डाेल्पा — हिमाली जिल्ला डोल्पामा सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म हेडक्वाटरले सार्वजनिक धारा निर्माण गरेको छ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ठूलीभेरी नगरपालिका–३ दुनै स्थित झाेलुङ्गे पुल नजिकै पानीकाे सार्वजनिक धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेकाे हाे। धारा निर्माणले सदरमुकाम आवतजावत गर्ने यात्रु र स्थानीयलाई लाभ पुग्ने छ ।
यस सँगै साेही वडामा बसाेबास गर्ने विपन्न तथा अपांगता भएका ५ जनालाई एक–एक थान फाइबर सिरक र डसना समेत वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्रले जिल्ला कारागार डोल्पामा रहेका २७ जना कैदीबन्दीलाई भलिबललगायतका खेलकुद सामग्रीसमेत प्रदान गरेको जनाएको छ ।
