एमाले कालीकोटबाट शाही एकल सिफारिस

एमाले कालीकोटका केही नेताले काठमाडौंमा छलफल गरे पनि बुधबार कालीकोट सदरमुकाम मान्ममा बसेको जिल्ला कमिटी बैठकले उक्त निर्णय सच्याउँदै शाहीलाई एकल सिफारिस गरेको पार्टी सचिव पुष्पराज आचार्यले बताए ।

पुस २३, २०८२

तुलाराम पाण्डे

UML recommends Shahi Ekal from Kalikot

कालीकोट — एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारमा केन्द्रीय सदस्य नगिन्द्र शाही नेश्नललाई एकल सिफारिस गरेको छ । 

एमाले कालीकोटका केही नेताले काठमाडौंमा छलफल गरे पनि बुधबार कालीकोट सदरमुकाम मान्ममा बसेको जिल्ला कमिटी बैठकले उक्त निर्णय सच्याउँदै शाहीलाई एकल सिफारिस गरेको पार्टी सचिव पुष्पराज आचार्यले बताए ।

चुनावको मुखमा नेता कार्यकर्ताबाट असन्तुष्टि आएकोले पुस २३ गते जिल्ला कमिटी बैठकमा ब्यापक समीक्षा गर्दै ०७९ को घाइते, मतदाताको सहानुभूति, सबै कुरा हेरेर शाहीलाई नै एकल सिफारिस गरेको एमाले प्रचार विभाग प्रमुख पवित्रकुमार शाहीले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully