दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य बनेकी थिइन् ।
सुर्खेत — कर्णाली प्रदेशबाट एमालेले राष्ट्रिय सभा मिनासिं रखाललाई उम्मेदवार बनाएको छ । कर्णालीबाट राष्ट्रिय सभा दुई पदका लागि हुन निर्वाचनमा एमालेले महिला कलस्टरबाट मिनासिं रखाललाई उम्मेदवार बनाएको हो ।
दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य बनेकी थिइन् । रखाल गएको मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
कांग्रेस र एमालेबीच भएको भागबन्डामा महिला कलस्टर अनुसार रखालले प्रदेश निर्वाचन आयोगको कार्यालय सुर्खेतमा मनोनयन दर्ता गर्ने तयारी गरेकी हुन् । कांग्रेसले भने नाम टुंग्याउन बाँकी छ ।
