एमाले डोल्पाद्वारा तीन जनाको नाम सिफारिस

आगामी फागुन २१ मा हुने निर्वाचनका लागि जिल्ला अध्यक्ष लंकबहादुर रोकाय, केन्द्रीय सदस्य बदमी क्वारी बुढा बोहरा, प्रदेश कमिटी सदस्य पूर्णबहादुर डाँगीको नाम सिफारिस गरेको हो ।

पुस २१, २०८२

रामचन्द्र न्यौपाने

UML Dolpa recommends names of three candidates

डोल्पा — नेकपा एमाले डोल्पाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ । सोमबार सदरमुकाम दुनैमा बसेको जिल्ला कमिटी बैठकले केन्द्रमा तीन जनाको नाम सिफारिस गरेको हो ।

आगामी फागुन २१ मा हुने निर्वाचनका लागि जिल्ला अध्यक्ष लंकबहादुर रोकाय, केन्द्रीय सदस्य बदमी क्वारी बुढा बोहरा, प्रदेश कमिटी सदस्य पूर्णबहादुर डाँगीको नाम सिफारिस गरेको हो ।

दिनभर चलेको बैठकमा एकल उम्मेद‍वार सिफारिसका लागि धेरै प्रयास गरे पनि तीनै जनाले अडान नछोडेपछि सबैको नाम सिफारिस गरिएको एमाले स्रोतले बताएको छ ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully