पुरकोट गाउँपालिका-४ की ७१ वर्षीया कृष्णी घर्ती खारेखोलानजिकै जंगलमा मृत अवस्थामा भेटिएकी हुन् ।
सल्यान — केही दिनदेखि घरबाट बेपत्ता भएकी एक महिला सल्यानमा मृत अवस्थामा भेटिएकी छिन् । कपुरकोट गाउँपालिका-४ की ७१ वर्षीया कृष्णी घर्ती खारेखोलानजिकै जंगलमा मृत अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी हेमबहादुर केसीका अनुसार मानसिक समस्या भएकी घर्ती १७ गते देखि हराएकी थिइन् ।
आफन्तले खोजतलास गर्ने क्रममा घरदेखि ५ किलोमिटर टाढाको जंगलमा मृत अवस्थामा फेला पारेका डीएसपी केसीले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
