एमालेले सुर्खेत-१मा ध्रुवकुमार शाही र २ मा कुलमणि देवकोटालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।
वीरेन्द्रनगर — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले सुर्खेतले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।
एमालेले सुर्खेत-१मा ध्रुवकुमार शाही र २ मा कुलमणि देवकोटालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।
शाही २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए भने २०७९ मा पराजित भएका थिए । उनी एमाले सुर्खेतका पूर्वअध्यक्षसमेत हुन् । देवकोटा एमाले सुर्खेतका अध्यक्ष हुन् ।