पालिकाका सातै वडाका १ सय ९० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।
सल्यान — कालीमाटी गाउँपालिकाले ८० वर्षमाथिका ६८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ।
पालिकाले बिहीबारसम्म वडा २ र ३ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो।
चिसो बढेपछि राहत स्वरुप न्यानो कपडा वितरण गरेको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए। ‘युवा पुस्ता बिदेशिएपछि अधिकांश घरमा बुढाबुढी मात्रै छन्। बढ्दै गएको चिसोले उनीहरुको स्वास्थ्यमा समस्या आउन नदिन पालिकाले न्यानो कपडा वितरण गरेको हो,’ उनले भने ।
पालिकाका सातै वडाका १ सय ९० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने अध्यक्ष केसीले जानकारी दिए ।
