घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ
सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा युवक-युवती मृत अवस्थामा फेला परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–४ क्षेत्रमा पर्ने श्री भैरव सामुदायिक बन तथा सहिद पार्कनजिकको जंगलमा दुवैजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । दुवै जना फरक-फरक स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्यामप्रकाश यादवले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
