आइएमई समूह अन्तर्गतको आइएमई फाउण्डेसनले सामाजिक उत्तरदायित्व कार्यक्रमबाट विद्यालयका १ सय ५० जना विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग गरेको हो ।
डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने त्रिपुरा माध्यामिक विद्यालय काटियाँचौरका विद्यार्थीलाई आइएमई फाउण्डेसनले न्यानो कपडा सहयोग गरेकाे छ ।
आइएमई समूह अन्तर्गतको आइएमई फाउण्डेसनले सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत उक्त विद्यालयका १ सय ५० जना विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग गरेको हो ।
आइतबारआयोजित न्यानो कपडा हस्तान्तरण कार्यक्रममा त्रिपुरासुन्दरीका नगरप्रमुख जनचन्द्र रोकायले आगामी दिनमा पनि डोल्पा जस्ता दूरदराजमा रहेका बालबालिकालाई सहयोग गर्न आग्रह गरे ।
उक्त विद्यालयका प्रधानाध्यापक तुलबहादुर बिष्टले आफ्नो स्कुलमा अध्ययन गर्ने बालबालिकाको मनोभावना बुझेर आइएमईले गरेको सहयोगप्रति आफु अत्यन्तै खुसी भएको बताए । फाउण्डेसनले देशका दूरदराजमा रहेका बालिकालाई सहयोग पुग्ने गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएकाे छ ।
