नेपाली सेनाको सिद्धीबक्स गण सिमखर्क र कुमाख गाउँपालिकाको संयुक्त आयोजनामा संचालित स्वास्थ्य शिविरमा ५ सय ५२ जना लाभान्वित भएका हुन् ।
सल्यान — कुमाख गाउँपालिका–५ मा संचालित स्वास्थ्य शिविरमा ५ सय ५२ जना स्थानीयले उपचार तथा स्वास्थ्य परीक्षण सेवा लिएका छन् ।
नेपाली सेनाको सिद्धीबक्स गण सिमखर्क र कुमाख गाउँपालिकाको संयुक्त आयोजनामा संचालित एक दिने स्वास्थ्य शिविरमा ५ सय ५२ जना लाभान्वित भएका हुन् ।
आर्थिक अवस्थाका कारण उपचारका लागि बाहिर जान नसकेर रोग पाल्दै आएका स्थानीयले घरनजिकै निशुल्क सेवा पाउँदा राहत भएको छ ।
कुमाख–५ स्थित नेता आधारभूत विद्यालयमा संचालन गरिएको शिविरमा ९२ जना गर्भवतीको भिडियो एक्सरे, १२ जनाको ईसिजी, १ सय ३४ को पाठेघरको परीक्षण, १ सय ४६ जनाले दात सम्बन्धी सेवा लिएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर वलीले बताए । शिविरमा २५ जनाले विभिन्न प्रयोगशाला परीक्षण सेवा र १ सय ४३ ले अन्य सेवा लिएको उनले जानकारी दिए ।
