प्रतिनिधिसभाकी निवर्तमान सांसद नेपालीलाई फागुन २१ का लागि तोकिएको निर्वाचनमा उम्मेदवारका लागि राप्रपाले सिफारिस गरेको हो ।
काठमाडौँ — आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सल्यानमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली सिफारिस भएकी छन् ।
प्रतिनिधिसभाकी निवर्तमान सांसद नेपालीलाई फागुन २१ का लागि तोकिएको निर्वाचनमा उम्मेदवारका लागि राप्रपाले सिफारिस गरेको हो । नेपाली २०७९ को प्रतिनिधिसभा चुनावमा समानुपातिकमार्फत सांसद बनेकी थिइन् ।
राप्रपा सल्यानको बैठकले नेपालीलाई प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको हो । नेपाली राप्रपाको केन्द्रीय सदस्य पनि हुन् ।
