कर्णाली प्रदेश सुरक्षा समितिको बैठक भोलि, गृहमन्त्री सुर्खेत पुगे

गृहमन्त्रीले आज भेरी बबई डाईभर्सनको अनुगमन गर्ने छन् ।

पुस ८, २०८२

ज्योति कटुवाल

Karnali Province Security Committee meeting tomorrow, Home Minister reaches Surkhet

सुर्खेत — कर्णाली प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठकका लागि गृहमन्त्री ओमप्रकाश अर्याल सुर्खेत आइपुगेका छन् ।

प्रदेशस्तरीय सुरक्षा समितिको बैठकका लागि गृहमन्त्रीको टोली मात्र सुर्खेत पुगेको हो । गृहसचिव रामेश्वर दंगाल, प्रवक्ता आन्नद काफ्लेलगायत साथमा रहेका छन् । 

कर्णाली प्रदेश प्रहरी प्रमुख माधव श्रेष्ठले बिहानको फ्लाईटमा गृहमन्त्रीको टोली आज आएको बताए । गृहमन्त्रीले आज भेरी बबई डाईभर्सनको अनुगमन गर्ने छन् । 

यस्तै बुधबार हुने बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौतीबारे छलफल गरिनेछ । प्रदेश प्रहरी प्रमुख श्रेष्ठका अनुसार बेलुकाको फ्लाईटमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथि गणेश कुमार श्रेष्ठ लगायतको टोली आउने छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully