दाउरा लिन आएको ट्याक्टर अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।
सल्यान — रुकुम पचिमको झुल्नेटाबाट सल्यानको दार्मा गाउँपालिका–५ तितेपातल आउँदै गरेको ट्याक्टर दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
दार्मा–५ तितेपातलस्थित सामुदायिक वनमा दाउरा लिन आउँदै गरेको क प्र ०२०१ त ०४४४ नम्बरको ट्याक्टर दुर्घटनामा घाइते रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटाका २१ वर्षीय सुरेश विकको रुकुम पश्चिम जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेम केसीका अनुसार घटनामा २६ वर्षीय पूर्णबहादुर विक घाइते भएका छन् । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
उनका अनुसार दुर्घटना शनिबार बेलुकी करिब ६ बजेतिर भएको थियो । घाइते भएका चालक विकको उपचारका क्रममा राति मृत्यु भएको हो । दाउरा लिन आएको ट्याक्टर अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।
