राष्ट्रिय सभातर्फ टेकराज शाही र यशोधा शाहीलाई सिफारिस गरिएको छ ।
काठमाडौँ — कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा पठाएको छ ।
जिल्ला कार्यसमितिका सभापति अम्बबहादुर शाहीका अनुसार प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाइएको र प्रदेश कार्यसमितिले पनि तिनै नामलाई केन्द्रमा पठाएको हो ।
त्यस्तै, समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम, मनबहादुर नेपाली सिफारिसमा परेका छन् । राष्ट्रिय सभातर्फ टेकराज शाही र यशोधा शाहीलाई सिफारिस गरिएको छ ।
